संसदमा एमालेको अवरोधप्रति माओवादीको आपत्ति

संसदमा एमालेको अवरोधप्रति माओवादीको आपत्ति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा (माओवादी केन्द्र) ले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संघीय संसदको बैठक अवरोध गरेकोमा आपत्ती जनाएको छ । एमालेले आफ्ना माग पुरा नभए सम्म संसद बैठक चल्न नदिने अडान लिएको छ । माओवादी केन्द्रले एमालेको संसद बैठक अवरुद्ध गर्ने अडान प्रति अपत्ती जनाएको हो ।

‘विधिको शासन, संविधानको कार्यान्वयन एवं नयाँ कानुन निर्माण गरी जनसेवालाई प्रभावकारी बनाउने थलो संसदको गैरलोकतान्त्रिक अवरोध अन्त्य गर्न यो महाधिवेशन प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)लाई गम्भीर आग्रह गर्दछ’ हालै सम्पन्न माओवादीको आठौँ महाधिवेशनले पारित गरेको समासमायिक प्रस्तावमा भनिएको छ ।