पार्टीमा वरीयता तलमाथि हुँदैमा कुनै फरक पर्दैन् : महामन्त्री शर्मा

पार्टीमा वरीयता तलमाथि हुँदैमा कुनै फरक पर्दैन् : महामन्त्री शर्मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीभित्र वरीयताले कुनै फरक नपर्ने बताएका छन् । मंगलबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँग उनले पार्टीमा वरीयता तलमाथि हुँदैमा फरक नहुने बताएका हुन् । उनले वरीयता तलमाथि हुँदैमा डा. कोइराला नेताकै रुपमा रहने पनि बताए। शर्माले लोकतान्त्रिक अभ्यासलाई कटुताका रुपमा नबुझ्न पनि आग्रह गरे ।

‘पद भन्ने कुरा दोस्रो हो । को कुन पदमा छ भन्ने कुरा गौण हो । पद भन्ने कुरा तत्कालीन होु, उनले भने, राजनीतिमा निरन्तरता र सिनियारिटी भन्ने कुरा अलग्गै हुन्छ । पार्टीमा नेता रामचन्द्र पौडेल, डा. शेखर कोइराला, प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलालाई म सम्मान गर्छु।’ कांग्रेस सभापति देउवाले आफ्ना प्रतिस्पर्धी कोइरालालाई वरीयतामा पछि राख्दै अहिले २६ औँ नम्बरमा पुर्याएका छन् ।