सुर्खेत एमाले अध्यक्षमा पाँच जनाको दाबी

सुर्खेत एमाले अध्यक्षमा पाँच जनाको दाबी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत – नेकपा एमाले सुर्खेतको अध्यक्षमा पाँच जना आकांक्षी देखिएका छन् । एमाले सुर्खेतको सोमबार बसेको सचिवालय बैठकमा जिल्ला कमिटीभित्रका पाँच जनाले अध्यक्षमा आकांक्षा देखाएका हुन् ।

प्रदेश कमिटी सदस्य कुलमणि देवकोटा, वर्तमान जिल्ला कमिटीका उपाध्यक्ष अमृत बिसी, जिल्ला कमिटी सदस्यहरू डण्डीप्रसाद शर्मा, हरिहरनाथ योगी र ऐनबहादुर चन्दले अध्यक्षको दाबी रहेको हुन्छ ।

यही २३ पुसमा हुने जिल्ला अधिवेशनमा ५ जना साथीको जिल्ला अध्यक्षमा आकांक्षा देखाएको जिल्ला अध्यक्ष ध्रुवकुमार शाहीले बताए ।

‘सचिवालय बैठकमा साथीहरूले नेतृत्वमा आकांक्षा प्रस्तुत गर्नु भएको छ तर सर्वसहमतिमा नेतृत्व छान्ने प्रस्ताव जिल्ला कमिटी बैठकमा लैजाने निर्णय भएको छ,’ उनले भने, ‘जिल्ला कमिटीको बैठक २२ पुसमा बोलाएका छौँ ।’

अन्य पार्टीसँग प्रतिस्पर्धा गर्नसक्ने एवं पार्टीलाई मजबुत बनाउनका लागि आफूले नेतृत्व लिने चाहेको टेवकोटाले बताए । अहिले एमाले सुर्खेतलाई एकताबद्ध गर्न नयाँ नेतृत्वको आवश्यकता रहेको र त्यसका लागि आफू नै उपयुक्त रहेको बिसीको भनाइ छ । वर्तमान कमिटीमा उपाध्यक्ष भएकाले पनि अध्यक्षमा दाबी स्वभाविक हुने उनले भनाइ छ ।