राष्ट्रिय सभाको बैठक २५ पुसमा बस्ने

राष्ट्रिय सभाको बैठक २५ पुसमा बस्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले राष्ट्रिय सभाको बैठक २५ पुसमा बोलाएका छन् । ​संघीय संसदका महासचिव डा.भरतराज गौतमले मंगलबार सूचना जारी गर्दै २५ पुस दिउँसो १ बजे बैठक बस्ने जानकारी दिएका हुन् ।

यसअघि ५ पुसमा बैठक बसेको थियो । संघीय संसदका प्रतिनिधिसभा र राष्ट्रिय सभा दुवैमा प्रमुख प्रतिपक्षी दल एमालेले अवरोध गर्दै आएको छ । जसले गर्दा संसद् बैठक प्रभावकारी बन्न सकेको छैन ।