मंगलबार ३९३ जनामा कोरोना संक्रमण पुष्टि, ३ को मृत्यु

मंगलबार ३९३ जनामा कोरोना संक्रमण पुष्टि, ३ को मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपालमा पछिल्लो २४ घण्टामा ३९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ७९४ जनाको पीसीआर परीक्षण गर्दा ३५५ जना र १ हजार ५ सय ३५ जनाको एन्टीजेन परीक्षण गर्दा ३८ जना गरी ३९३ जनामा संक्रमण पुष्टि भएको हो ।

आज देशभर २६३ जना कोरोना संक्रमित निको भएका छन् । त्यसैगरी आज देशभर कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ६०१ पुगेको छ भने ८ लाख १२ हजार ९३७ जना संक्रमणमुक्त भएका छन् ।