वैद्य माओवादीका केन्द्रीय नेतालाई पार्टीमा स्वागत गरे प्रचण्डले

वैद्य माओवादीका केन्द्रीय नेतालाई पार्टीमा स्वागत गरे प्रचण्डले

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चिवतन– मोहन वैद्य ‘किरण नेतृत्वको नेकपा माओवादी निकट क्रान्तिकारी पत्रकार संघका केन्द्रीय सदस्यसहित सिंगो जिल्ला कमिटी माओवादी केन्द्रमा प्रवेश गरेको छ।

 

 

माओवादी केन्द्रका अध्यक्ष तथा चितवन ३ बाट प्रतिनिधि सभाका उम्मेदवार रहेका पुुष्पकमल दाहाल ‘प्रचण्ड’ को सम्पर्क कार्यालय शिवनगरमा आयोजित अनौपचारिक कार्यक्रममा क्रान्तिकारी पत्रकार महासंघका केन्द्रीय सदस्य शंकर सुवेदी, चितवन जिल्ला शाखा अध्यक्ष सुर्य बरालसहित डेढ दर्जन माओवादी केन्द्रमा प्रवेश गरेका हुन्।

 

 

 

सोही अवसरमामा नेपाली कांग्रेसलगायतका पार्टीबाट थप तीनसय माओवादी केन्द्रमा प्रवेश गरेका छन्।

 

 

 

कार्यक्रममा नेपाली कांग्रेसका क्रियाशील सदस्य तथा व्यवसायिक कृषक समाज नेपालका केन्द्रीय प्रवकता हरि प्रसाद अधिकारीको नेतृत्वमा डेढ सय जना, संघीय समाजवादी युवा संघका ५६ जना र राप्रपाका बिभिन्न कमिटिबाट तीन सय बढीले रहेका थिए।

 

 

 

प्रवेश कार्यक्रममा क्रान्तिकारी पत्रकार महासंघका जिल्ला अध्यक्ष सूर्य बरालले इतिहासको आवश्यकतालाई बोध गरेर समृद्द र समाजवादी नेपालको नेतृत्व प्रचण्ड नेतृत्वले मात्र गर्न सक्ने ठहर गरी पार्टी प्रवेश गरेको बताए।

 

 

यसैगरी नेपाली कांग्रेसबाट प्रवेश गर्नुभएका हरि अधिकारीले आफूलाई विगतदेखि नै कम्युनिष्ट विचार मन पर्ने गरेपनि बिभिन्न कारणले कांग्रेसमा रहेर काम गर्नु परेको बताए।

 

नव प्रवेशीहरुलाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अबीर र खादाले स्वागत गरे।