शेखरले बोलाए आफ्नो समूहको बैठक

शेखरले बोलाए आफ्नो समूहको बैठक


काठमाण्डु – नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् ।

पार्टीको हालै सम्पन्न १४औं महाधिवेशनमा पराजित सभापतिका उम्मेदवार कोइरालाले बुधबार (आज) दिउँसो २ बजेपछि अनामनगरस्थित एक होटेलमा बैठक बोलाएका हुन् ।

महाधिवेशनमा विभिन्न पदमा प्रतिस्पर्धा गरेका आफ्ना समूहका उम्मेदवारबीच समिक्षात्मक बैठक भएकाले अनिवार्य उपस्थित हुन सबैलाई आग्रह गरिएको कोइराला पक्षका एक नेताले बताए ।

यसअघि मंगलबार शेखर पक्षका शीर्ष तहका नेताबीच छलफल भएको थियो । उक्त बैठकले थप छलफल गर्न आफूपक्षीय उम्मेदवारको बैठक बोलाइएको हो ।