सबै मन्त्रालयका सचिवहरुसँग छलफल गर्दै प्रधानमन्त्री देउवा

सबै मन्त्रालयका सचिवहरुसँग छलफल गर्दै प्रधानमन्त्री देउवा


काठमाण्डु – प्रधानमन्त्री शेरबहादुर देउवाले सबै मन्त्रालयका सचिवहरुसँग छलफल गर्ने भएका छन् । अर्थतन्त्रको पछिल्लो अवस्था, पुँजीगत खर्चको अवस्था र सार्वजनिक सेवाका विषयमा प्रधानमन्त्री देउवाले मन्त्रालयका सचिवहरुसँग अपराह्न ३ बजे सिंहदरबारमा छलफल गर्न लागेका हुन् ।

गठबन्धन सरकारको साझा न्यूनतम कार्यक्रम, राष्ट्रिय गौरवका आयोजनाका काम, अन्तर मन्त्रालय समन्वय लगायतका विषयमा पनि छलफल हुने सबै मन्त्रालयका सचिवहरुसँग छलफल गर्न लागिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।