एमालेको आग्रहमा प्रतिनिधिसभा बैठक स्थगित, अर्को बैठक पुस २८ गते बस्ने

एमालेको आग्रहमा प्रतिनिधिसभा बैठक स्थगित, अर्को बैठक पुस २८ गते बस्ने


काठमाण्डु – बिहीबारका लािग बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित भएको छ । भोलि २२ गते बस्ने भनिएको बैठक पुस २८ गते बस्नेगरि स्थगित गरिएको हो ।

बैठक पुस २८ गते दिउँसो १ बजे बस्ने संसद सचिवालयले सूचना प्रकाशन गरी जानकारी दिएको छ । नेकपा एमालेको आग्रहमा बैठक सारिएको संसद सचिवालयले जनाएको छ ।

एमालेको केही जिल्लामा अधिवेशन हुन बाँकी छ । त्यसैले केही नेता जिल्ला बाहिर भएकाले एमालेले बैठक सार्न आग्रह गरेको हो ।