‘संघीयता कार्यान्वयनसम्बन्धी १५ बुँदे संकल्प प्रस्ताव’ संसदमा दर्ता (प्रस्तावसहित)

‘संघीयता कार्यान्वयनसम्बन्धी १५ बुँदे संकल्प प्रस्ताव’ संसदमा दर्ता (प्रस्तावसहित)


काठमाण्डु – सत्तारुढ गठबन्धनका सांसदहरूले राष्ट्रिय सभामा संघीयता कार्यान्वयनसँग सम्बन्धित १५ बुँदे संकल्प प्रस्ताव दर्ता गरेका छन् ।

संविधान बनेर कार्यान्वयनमा आएको ६ वर्ष हुँदा समेत संघीयता कार्यान्वयनमा सन्तोषजनक काम हुन नसकेको भन्दै गठबन्धनबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित डा खिमलाल देवकोटाको प्रस्तावक रहेर १५ बुँदे संकल्प प्रस्ताव बुधबार दर्ता गरिएको हो ।

सत्ता गठबन्धनमा आवद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनता समाजवादी पार्टी (जसपा)का सांसदहरुले संयुक्तरुपमा संकल्प प्रस्ताव ल्याएका हुन् ।

प्रस्तावको समर्थकमा कांग्रेसका सांसद जितेन्द्रनारायण देव, माओवादी केन्द्रका रामनारायण बिडारी, नेकपा (एकीकृत समाजवादी)का शेरबहादुर कुँवर र जसपाकी प्रमिला कुमारी रहेकी छन् ।

यस्तो छ राष्ट्रिय सभामा बुधबार दर्ता गरिएको संकल्प प्रस्ताव :