प्रधानसेनापति शर्माको अपरेशन सफल,भएको के हो?

प्रधानसेनापति शर्माको अपरेशन सफल,भएको के हो?


काठमाण्डु – नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माको भारतमा उपचार सुरु भएको छ । किड्नी स्टोनको बारम्वार समस्या देखिएपछि शर्मा उपचारका लागी गत आइतबार भारतको राजधानी नयां दिल्ली पुगेका थिए ।

यसअघि किड्नी स्टोनको अपरेशन पटक पटक गरेपनि फेरी पनि समस्या देखिएपछि उनि भारत गएको निकट स्रोतको दावी छ । सेनापति शर्माले पुस ३० गतेसम्म विदा लिएका छन् । उनको मेदान्त अस्पतालमा अपरेशन समेत भइसकेको छ ।

शर्मा यसअघि भारत भ्रमणमा जांदा नै उनको उपचार भारतमा गर्ने तय भएको थियो । नेपालमा यो विचमा महत्वपूर्ण कार्यक्रम नभएकाले पनि सेनापनि शर्माले यो समयमा उपचार गर्ने निर्णय गरेको सैनिक स्रोतले बतायो ।

प्रधानसेनापतिलाई उपचारका लागी भारत जान स्विकृत दिएको सरकारले कामु प्रधानसेनापतिको जिम्मेवारी भने बालकृष्ण कार्कीलाई दिएको छ ।