विधानसम्मत निर्वाचित भएको हुँ : विनोद चौधरी

विधानसम्मत निर्वाचित भएको हुँ : विनोद चौधरी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले आफू विधिवत रूपमा १४ औं महाधिवेशनबाट निर्वाचित भएको दाबी गरेका छन् । चौधरीको केन्द्रीय सदस्य पद खारेज गर्न माग गर्दै उजुरी परेपछि उनले आफू विधिवत रुपमा निर्वाचित भएको बताएका हुन् ।

सिरहा क्षेत्र नम्बर ३ का महासमिति सदस्य डा. सुभाषचन्द्र यादवले निर्वाचन आयोगमा चौधरीको पद खारेज गर्न माग गर्दै उजुरी दिएका छन् । त्यसबारे प्रेस नोट जारी गर्दै चौधरीले भने, ‘विधिसम्मत भएन भनेर रोइलो गर्नुको कुनै अर्थ छैन । नेपाली कांग्रेसजस्तो लोकतान्त्रिक पार्टीमा यस्तो व्यवहार अपेक्षित मानिदैंन ।’

महाधिवेशनमा निर्वाचन समितिले उम्मेदवारी दर्तापछि विधिवत रूपमा दावी विरोधको समय उपलब्ध गराएको भन्दै उनले भनेका छन्, ‘यदि म अयोग्य थिएँ भन्ने कसैलाई लागेको थियो भने त्यो समयमा किन दावी विरोध गरिएन?’ नेपाली कांग्रेसको १४औँ महाधिवेशनको निर्वाचनमा चौधरी केन्द्रीय सदस्य (मधेशीतर्फ) दोस्रो धेरै मत २२०६ प्राप्त गरी विजय भएका थिए ।