बालुवाटार जग्गा प्रकरणः सीआईबीले बुझायो प्रतिवेदन

बालुवाटार जग्गा प्रकरणः सीआईबीले बुझायो प्रतिवेदन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बालुवाटारस्थित ललिता निवासको जग्गा हिनामिना भएको विषयमा प्रतिवेदन बुझाएको छ ।

बिहीबार सीआईबीले जग्गा हिनामिनाको विषयमा भएको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय काठमाण्डुमा बुझाएको हो ।

बिहीबार पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारसहित करिब साढे ३ सय जनालाई प्रतिवादी बनाएर मुलकी अपराध संहिता २०७४ को दफा २०७६ बमोजिम कारबाहीको माग गर्दै सिआईबीले सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको हो ।

बालुवाटार जग्गा प्रकरणमा मुछिएका शोभाकान्त ढकाल, रामकुमार सुवेदी र माधवी सुवेदी यसअघि नै पक्राउ परिसकेका छन् । उनीहरु अहिले थुनामा रहेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गच्छदारविरुद्ध ९ करोड ६५ लाख ७६ हजार बिगो माग गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको थियो । उनले बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा बनाउन मुख्य भूमिका खेलेको आरोप लागेको छ ।

ललिता निवासको ११३ रोपनी सरकारी जग्गा व्यक्तिको बनाई भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा २०७६ माघ २२ गते गच्छदारसहित १७५ जनाविरुद्ध मुद्दा दायर गरिएको थियो । गच्छदारले बालुवाटार जग्गा प्रकरणमा आफ्नो कुनै भूमिका नरहेको बताउँदै आएका छन् ।