काठमाण्डु – प्रहरी नवौँ संशोधन नियमावली २०७८ स्वीकृत भएको छ । बुधबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले प्रहरी नवौँ संशोधन नियमावली स्वीकृत गरेको हो ।
नियमावली संशोधन भएसँगै प्रहरी उपरीक्षक (एसपी)सम्म १२ वर्ष पुगेपछि बढुवा हुने अवधि घटाएर ८ वर्ष हुने भएको हो । प्रहरी प्रधान कार्यालयले कार्यालय सहयोगीको ५ तह बढुवा हुने गरी गृह मन्त्रालयमा पठाएको संशोधन मन्त्रिपरिषद्ले स्वीकृति गरेको हाे ।
सहायक हवल्दार, वरिष्ठ हवल्दार र वरिष्ठ सई थपिने भएको छ भने प्रहरीले पाउने तक्माको २ अंक काटेर ज्येष्ठतामा थपिएको प्रहरी प्रवक्ता बसन्त कुँवरले जानकारी दिए ।




प्रतिक्रिया