काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सहमतिमा जिल्ला नेतृत्व छान्न आग्रह गरेका छन् । शुक्रबार ६१ जिल्लाको भर्चुअल माध्यमबाट उद्घाटन गर्दै अध्यक्ष ओलीले सहमतिका साथ नेतृत्वमा निर्माण गर्न आग्रह गरेका छन् ।
‘८३ जिल्ला कमिटीका एकै पटक हुन्थ्यो तर केही ठाउँमा हुन सकेनन् । आम रुपमा अधिवेशन एकै पटक गरेका छौँ । यसको परम्परा नै बनाएको छैन । वडा र पालिका अधिवेशनहरु एकैदिन दिन ग¥यौँ र विधान महाधिवेशनमा ग¥यौँ,’ उनले भने, ‘पार्टीको दसौँ राष्ट्रिय महाधिवेशनमा आयोजनमा सहमति साथ नेतृत्वमा ग¥यौँ । सहमतिका साथ नेतृत्वमा निर्माण गर्न टिम स्प्रिटमा अघि बढ्न आग्रह गर्दछु ।’
अध्यक्ष ओलीले सहमति निर्माणका लागि मन नखुम्च्याइ लाग्न आग्रह गरेका छन् । ‘सकेसम्म मन नखुम्च्याइ सहमतिमा पुग्न, सहमतिका साथ नेतृत्व चयन गर्न आग्रह गर्न चाहान्छु,’ उनले भने, ‘सहमति नभएको खण्डमा चुनावमा जान आग्रह जान चाहन्छु ।’
एमालेको ६१ जिल्लामा अधिवेशन सुरू भएको छ । बाँकी रहेका १६ जिल्लामा अनुकूल समयमा गरिनेछ ।




प्रतिक्रिया