राजनीतिक पहुंच र पैसाको बलमा बतास समुहको दादागिरी :सरकारद्धारा छानविन समिति गठन

राजनीतिक पहुंच र पैसाको बलमा बतास समुहको दादागिरी :सरकारद्धारा छानविन समिति गठन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राजनीतिक पहुंच र पैसाको बलमा ठुला ठुला निर्णय गराउंदै आएको बतास समुहले पशुपति धर्मशालालाई व्यापारस्थल बनाएकोबारे छानविन हुने भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उदघाटन गरेको पशुपतिको धर्मशालालाई बतास समुहले व्यापारिक स्वार्थमा प्रयोग गरेपछि त्यसको छानविन हुने भएको हो ।

पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले शुक्रवार पांच सदस्सिय छानविन समिति गठन गरेको छ । छानविन समितिको संयोजकमा पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदी छन् । सदस्यमा आशा पाण्डे,जयकिरण जैन र देवीप्रसाद बराल रहेका छन् । समितिलाई छानविन गरी एक हप्ताभित्र प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ ।

भारतीय तीर्थयात्रीलाई सस्तो,शुलभ र सजिलो होस भनेर भारत सरकारको सहयोगमा उक्त धर्मशाला निर्माण भएको थियो । तर, बतास समूहले भने त्यसमा निजी कार्यालयदेखी गाडीको सोरुम समेत राखेको पाइएको छ । त्यतिमात्र होईन धर्मशालामा शुल्क समेत चर्को लिने गरेको गुनासो सेवाग्रहीहरुले गरेका छन् ।

कोषका तत्कालीन सदस्यसचिव प्रदिप ढकालले मिलेमतोमा ८८ कोठे धर्मशाला र १९ रोपनी जग्गा बतास समूहलाई दिलाएका थिए । बतास समुह नारायणहिटी संग्रहालयभित्र सस्तोमा जग्गा भाडामा लिएर रेष्टुरेन्ट बनाएपछि विवादमा तानिएको हो । उक्त संरचना शुक्रबार भत्काइएको छ । नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा संचालक विकास समितिले उक्त संरचना भत्काएको हो ।

बतास अर्गनाइजेसनका प्रमुख आनन्द बतास प्रधानमन्त्री शेरबहादुर देउवासंग निकट छन् । प्रधानमन्त्री पत्नी आरजु राणा बतास फाउण्डेसनको सल्लाहकार समेत रहेको खुलासा भइसकेको छ ।

बतास समुहले राजनीतिक र पैसाको बलमा नारायणहिटीभित्र बार,लक्ष्मीनाराण मन्दिरमा पांच रोपनीजग्गा विना प्रतिस्पर्धा ३५ वर्षका लागी लिजमा लिएको र पाटन दरबार स्वकायर क्षेत्रको पाटी पनि लिजमा लिएर व्यापार गर्दै आएको खुलासा भएको थियो । त्यसैगरी उनको कम्पनीले सेती नदीको ढुंगा गिटी समेत दोहान गरेको र अक्सिजन प्लान्ट बनाउने भन्दै चन्दा उठाएर रकम दुरुपयोग गरेको समेत आरोप लागेको छ ।