काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा थप ९४४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार २६४ जनामा परिक्षण गर्दा ९४४ जनामा कोरोना पुष्टि भएको हाे ।
यस्तै सोही अवधिमा २९७ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा मृत्यु भने कसैको पनि भएको छैन । अहिले सक्रिय संक्रमितको संख्या ६ हजार १४० पुगेको छ।
मन्त्रालयका अनुसार हाल देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख ३१ हजार ७४८ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९७ हजार ८९ जना पुगेको छ।




प्रतिक्रिया