आजको मौसम : उच्च पहाडी र हिमाली भू-भागमा हिमपातको सम्भावना

आजको मौसम : उच्च पहाडी र हिमाली भू-भागमा हिमपातको सम्भावना


काठमाण्डु – जल तथा माैसम पूर्वानुमान महाशाखाले  आइतबारको माैसम पूर्वानुमान गरेकाे छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशमा हल्कादेखि मध्यमसम्म वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार बाँकी प्रदेशका केही स्थानमा पनि हल्का वर्षाको सम्भावना रहेको छ । साथै उच्च पहाडी तथा हिमाली भू-भागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ । वर्षा तथा हिमपात मंगलबारसम्म पश्चिम हुँदै पूर्वसम्म आइपुग्ने महाशाखाले जनाएको छ ।

चिसोबाट बच्न र हिमपातबाट हुन सक्ने प्रभाववाट जोगिन आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध पनि गरेको छ ।