नेपाल जनस्वास्थ्य संघको अध्यक्षमा बसन्त अधिकारी निर्वाचित

नेपाल जनस्वास्थ्य संघको अध्यक्षमा बसन्त अधिकारी निर्वाचित


काठमाण्डु – नेपाल जनस्वास्थ्य संघको अध्यक्षमा बसन्त अधिकारी निर्वाचित भएका छन्। निकटतम प्रतिस्पर्धी महेश्वर श्रेष्ठलाई २७ मतले पछि पार्दै अधिकारी बिजयी भएका हुन् । अधिकारी प्रगतिशिल प्यानलका उमेद्वार हुन् भने श्रेष्ठ पेशागत समुहका हुन् । अधिकारीले ५सय ९२ मत ल्याएका छन् भने श्रेष्ठले ५ सय ६५ मत प्राप्त गरेका छन् । यस्तै, महासचिवमा सागर दाहाल निर्वाचित भएका छन्।

दाहालले उनका प्रतिस्पर्धी कैलाश खाकी श्रेष्ठ भन्दा १ सय २० मत बढी ल्याएर बिजयी भएका छन् । दाहालले ६ सय ४६ मत प्राप्त गर्दा श्रेष्ठको ५२६ मत आएको छ। यसैगरी, उपध्यक्षमा विमला भट्ट विजयी भएकी छन्। उनले आफ्नो प्रतिस्पर्धी रहेका सुदर्शन पौडेलले भन्दा २९२ मत बढी ल्याएकी छिन्। भट्टको ७२७ मत आउँदा पौडेलले ४३५ मत आएको छ। यस्तै, कोषाध्यक्षमा चेतराज पण्डित विजयी भएका छन्।

पण्डितको ६२२ मत आउँदा उनका प्रतिस्पर्धी डमरू पनेरूको ५०३ मत आएको छ। सचिवमा रोशन लामा ७१९ मत र सह–कोषाध्यक्ष उमादेवी थापाले ५८६ मतका साथ विजयी भएका छन्। यस्तै सदस्यहरूमा सुदिप चिलवाल , अञ्जना खड्का ,प्रतिक खनाल , विन्जला श्रेष्ठ ,विजेश बस्नेत , दयाकृष्ण पन्त , रामानन्द पण्डित , अम्बिका बानिया रणधिर यादव बिजयी भएका छन् । नेपाल जनस्वास्थ्य संघको केन्द्रीय अध्यक्ष, उपाध्यक्ष सहित कुल १५ सदस्यीय कार्यसमितिका लागि ३५ जनाको उम्मेद्धारी परेको थियो ।