काठमाण्डु – कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सरकारले देशभरका विद्यालय माघ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ ।आइतबार बसेको कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)काे बैठकले कोभिड-१९ संक्रमण रोकथामका लागि भन्दै माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हाे ।
भोलिदेखि नै लागू हुने गरी शैक्षिक संस्थाबारे यस्तो निर्णय गरेको सीसीएमसीले जनाएकाे छ । अर्को सूचना जारी नभएसम्म सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुने गरी मेला महोत्सव नगराउन सीसीएमसीले गृह मन्त्रालयलाई सिफारिस गर्ने निर्णय भएको बताइएकाे छ ।




प्रतिक्रिया