काठमाण्डु – २६, पुस सोमबार । तद्नुसार १० जनवरी २०२२ । सूर्योदय ६ः ५८ र सूर्यास्त १७ः२५ मा हुनेछ । बिहान ८ः१५ देखि ०९ः३४ सम्म राहुकाल रहेको छ भने ११ः५१ देखि १२ः३३ सम्म अभिजित मुहूर्त रहेको छ ।
मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) अर्थलाभ हुनेछ । व्यापारव्यवसायबाट सोचेभन्दा बढी लाभ मिल्नेछ । परिवार र दाम्पत्यजीवनमा साथ सहयोग र यात्रा गर्दा समेत सुख प्राप्त हुनेछ । स्वास्थ्यमा समस्या हुनसक्छ त्यसैले ध्यान दिनु होला ।
वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) विगतमा गरेको कामबाट धनलाभ हुनेछ । मनमा प्रसन्नता छाउने छ । आजको दिन तपाईंलाई मानसम्मान गर्नेछन् । आयभन्दा व्ययबढी हुने भएकाले सोचपूर्वक खर्च गर्ने गर्नुहोला । आजको दिन मौन रहनु तपाईंका लागि शुभ हुनेछ ।
मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) आजको समय र दिन अनुकुल छ । नयाँ बस्त्र, आभुषण र परिवार, दाम्पत्य जीवनमा सुख प्राप्त हुनेछ । व्यापारमा तपाईंले सोचेभन्दा बढी फाइदा हुनेछ । मनमा हर्ष र नयाँ काम गर्दा पनि फाइदा हुनेछ । तपाईंलाई मानसम्मान मिल्नेछ ।
कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) पारिवारिक तनावका कारण मनमा अनेक चिन्ता छाउने छ । कर्कट राशिका जातकले कसैसँग विवाद र झगडा नगर्नुहोला । आजको दिन कसैसँग विवाद भयो भने तपाईंका लागि हानि हुनेछ । यात्रा गर्दा पनि अनेक समस्या आउनसक्छ ।
सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुन सक्नेछ । यात्रा गर्दा उपलब्धी हुनसक्छ । परिवारका सदस्यसँग विवाद हुनसक्छ त्यसैले आजको दिन कम बोल्नु र मौन रहनु नै बुद्धिमानी हुनेछ ।
कन्या (टो.प.पी.पू.ष.ण.ठ.पे.पो) आजको दिन शुभ रहेको छ । तपाईंले गर्दै आउनुभएको क्षेत्रमा मानसम्मान मिल्नसक्छ । आजको दिन नयाँ काम गर्दा भने सोच विचार गरेर काम गर्नुहोला । आजको दिन कसैसँग विवाद नगर्नु नै बेस हुनेछ ।
तुला (रा.री.रु.रे.रो.ता.ती.तु.ते) तपाईंले आजको दिन सुरु गरेको काम सफल हुनेछ । ब्यापारमा लगानीअनुसारको प्रतिफल प्राप्त हुनेछ । अनावश्यक खर्च हुने सम्भावना छ । यात्राका लागि प्रस्ताव आउनसक्छ । अध्यात्मयात्राले तपाईंलाई मनमा उर्जा थप गर्नेछ ।
वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) आजको दिन विश्चिक राशिका जातकले स्वास्थ्यमा ध्यान दिनुहोला । आजको दिन यात्रा नगर्दा तपाईंको भलो हुनेछ । त्यसैले आज नियमित कामबाहेक अन्य कामको लागि समय खर्च नगर्नुहोला ।
धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) तपाईंले गरिरहनु भएको कामबाट धनलाभ हुनेछ । ग्रह बलिया भएका छन् । त्यसैले आजको दिन तपाईंले सोचअनुसारको काम हुनेछ । सन्ताबाट सुख र स्त्रीजातिको साथ सहयोगले तपाईले राम्रो काम गर्नुहुनेछ ।
मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) विगतमा गरेको सामाजिक कामबाट मानसम्मान मिल्नेछ । आफन्तजनको सहयोगले मनमा प्रसन्नता छाउने छ । आजको दिन शिवालय र देवालयको यात्राले मनमा हर्ष छाउनेछ । आर्थिक बृद्धि हुने सम्भावना छ ।
कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) मनमा प्रसन्नता छाउने छ । आजको दिन सोचअनुसारको काम र शत्रुमाथि विजय प्राप्ति हुनेछ । प्राप्त गरेको धनलाई केही मात्रामा भए पनि अध्यात्मसेवा र सामाजिक कार्यमा लगाउनुभयो भने मनमा सन्तोष मिल्नेछ ।
मीन (दी.दु.थ.झ.ञ.दे.दो.च.ची) आजको दिन धनलाभ हुनेछ । चन्द्रमाको साथ रहेको छ । दाम्पत्य जीवनमा सुख, समृद्धि प्राप्त हुनेछ । आजको दिन कम बोल्ने धेरै मौन रहने गर्दा तपाईंलाई फाइदा हुनसक्छ । शिवालयको यात्रा र अध्ययन अध्यापनमा निरन्तरको प्रयासले सफलता प्राप्त हुनेछ ।




प्रतिक्रिया