आजको मौसम : उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना

आजको मौसम : उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना


काठमाण्डु – हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव छ । साेमबार बिहान सुदूरपश्चिमका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ ।

दिउँसो सुदूरपश्चिम र कर्णालीका केहि स्थान र बाँकी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना पनि छ ।

राति सुदूरपश्चिमका एक-दुई स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको आँकलन गरिएकाे छ । सम्भावना रहेको छ। मंगलबार देशभर आंशिक बदली रहनेछ। सुदूरपश्चिम र प्रदेश १ का एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।