पृथ्वीनारायण शाहको देवत्वकरण र दानवीकरण नगरौंः बाबुराम भट्टराई

पृथ्वीनारायण शाहको देवत्वकरण र दानवीकरण नगरौंः बाबुराम भट्टराई

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईले पृथ्वीनारायण शाहको देवत्वकरण र दानवीकरण दुबै नगर्न आग्रह गरेका छन् । मंगलबार पृथ्वीनारायण शाहको ३०० औं जन्मजयन्तीको अवसरमा डा. भट्टराईले उनी इतिहासको आवश्यकता र आकस्मिकताको उपज भएको बताउँदै देवत्वकरण र दानवीकरण नगर्न आग्रह गरेका हुन् ।

‘पृना शाहको देवत्वकरण र दानवीकरण दुवै नगरौं ! उनी इतिहासको आवश्यकता र आकस्मिकताका उपज हुन्,’ सामाजिक सञ्जाल ट्विटमा बाबुरामले भनेका छन्, ‘कविलाई समाजको पहिले सामन्ती केन्द्रीकरण भएर नै पछि पककूजीवाद जन्मने हो । अब समाजवादी रूपान्तरणको नयाँ युगमा बहुजातीय केन्द्रीकृत राज्यलाई संघीय पुनर्संरचना गर्नैपर्छ भन्ने बुझौं । चुरो कुरो यो हो !’

राष्ट्र निर्माताका रुपमा चिनिने शाहमाथि हल्का टिप्पणी गरेको भन्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईको चर्को आलोचना सुरु भएको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले राज्य एकीकरणमा महत्वपूर्ण भूमिका खेलेका शाहबारे गलत व्याख्या नगर्न चेतावनी दिएका छन् । यस दिनलाई राष्ट्रिय एकता दिवसका रुपमा हरेक वर्ष वभिन्न कार्यक्रम हुँदै आएका छन् । यता आदिवासी जातजातिले भने आफ्नो राज्य पृथ्वीनारायणले क्रुरतापूर्वक हत्याएको भन्दै यस दिनलाई कालो दिनका रुपमा लिँदै आएको छ ।