सैनिक ऐन र नियमावली संशोधन हुँदै,फास्टट्रयाक खारेज

सैनिक ऐन र नियमावली संशोधन हुँदै,फास्टट्रयाक खारेज

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – रक्षा मन्त्रालयले सैनिक ऐन र नियमावली संशोधन प्रक्रिया अघि बढाएको छ। सैनिक अधिकृत तथा जवानको सरुवा–बढुवा तथा वृत्ति विकाससम्बन्धी निर्णयमा रक्षा मन्त्रालयको भूमिका समेत रहने गरी सैनिक एने २०६३ र नियमावली २०६९ संशोधन प्रक्रिया अघि बढाएको मन्त्रालय निकट उच्च स्रोतले जानकारी दिएको छ।

त्यसैगरी सेनानीबाट प्रमुख सेनानी तथा प्रमुख सेनानीबाट महासेनानी बढुवामा २०६९ सालमा लागू गरिएको फास्टट्रयाक प्रणाली पनि सैनिक नियमावली संशोधनसँगै खरेज हुने मन्त्रालका अधिकारीले जनाएका छन्।

शिक्षा, स्वास्थ्य, विकास निर्माण, इन्धन खसरीद विक्रिीलगायतका क्षेत्रमा सेनाको भूमिका विवादास्पद हुन नदिन दायरा संकुचन बनाउने पनि रक्षाको तयारी छ।, यो खबर आजको कारोवार दैनिकमा छ ।