काठमाण्डु – नेकपा (एमाले)का नेता भीम रावलले बालुवाटारस्थित ललितानिवास जग्गा प्रकरणमा दोषी देखिएकालाई छुटाउने खेल भएको भन्दै आशंका व्यक्त गरेका छन् ।
बिहीबार बिहान ट्वीट गर्दै नेता रावलले प्रहरीले अनुसन्धान पूरा गरेर सरकारी वकिललाई बुझाएको उक्त जग्गा प्रकरणसम्बन्धी फाइल प्रहरीलाई नै फिर्ता गरिएको सम्बन्धमा सन्देह व्यक्त गरेका हुन् ।
उनले लेखेका छन्, ‘प्रहरीले अनुसन्धान पूरा गरिसकेर सरकारी वकिललाई बुझाएको बालुवाटार, ललिता निवाससम्बन्धी मुद्दा प्रहरीलाई नै फिर्ता गर्नुको पछि कतै मुद्दा फासफुस गर्ने चाल त छैन ? अनुसन्धान नपुगेको भन्ने सरकार र सरकारी वकिलले के–केमा नपुगेको हो, खुलस्त गर्नुपर्छ । अन्यथा, सरकार अपराधको मतियार ठहरिन्छ ।’





प्रतिक्रिया