प्रचण्डको मुद्धा संयुक्त इजलासमा

प्रचण्डको मुद्धा संयुक्त इजलासमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले दायर गरेको रिट निवेदनमाथी आज सुनुवाई हुदै छ । ‘प्रचण्ड’ ले आफ्नो पार्टीका तर्फबाट निर्वाचित भएर अर्को दलमा सामेल भएका स्थानीय तहका जनप्रतिनिधिलाई गरिएको कारवाही सदर गरि पाँउ भनि सर्वोच्चमा रिट दायर गरेका थिए । उक्त रिट निवेदनमाथि सुनुवाइका लागि बिहीबार पेसी तोकिएको हो ।

सर्वोच्च अदालतका न्यायाधीशहरु दीपककुमार कार्की, ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासमा सो मुद्दाको पेसी तोकिएको छ । प्रचण्डले दायर गरेको रिटमा अन्तरकालीन आदेश खारेजीको माग गरिएको छ । नेकपा माओवादी केन्द्रका तर्फबाट निर्वाचित भइ पछिल्लो समय अन्य दलमा सामेल भएको भन्दै माओवादी केन्द्रले स्थानीय तहका केही जनप्रतिनिधिलाई कारवाही गरेको थियो ।

सोही आधारमा निर्वाचन आयोगले उनीहरुको पद रिक्त गरेको थियो । तर, सर्वोच्च अदालतमा उनीहरुले दिएको रिट निवेदनमाथि सुनुवाइ गर्दै अदालतले उनीहरूलाई कामकाज गर्नबाट नरोक्न अन्तरिम आदेश जारी गरेको थियो ।