नेपाली सेनामा १२ महासेनानी सहायकरथीमा बढुवा (सुचीसहित)


काठमाडौं- नेपाली सेनामा १२ जना महासेनानीलाई सहायकरथीमा बढुवा सिफारीस गरिएको छ । सैनिक मुख्यालयले गठन गरेको सेनाको बढुवा समितिको बोर्ड वैठकले आइतबार गरेको महासेनानीको बढुवा सिफारीस प्रधानसेनापति राजेन्द्र क्षेत्रीले सदर गरेका छन् । बढुवा समितिको सिफारीसपछि १५ दिने सुचना समेत प्रकाशित गरिएको छ ।

सहायकरथी (एक तारे जर्नेल) बढुवामा एक नम्बरमा २६ बेसिकका महासेनानी हिमांशु खड्का सिफारीस भएका छन् । उनि यसअघि वासिङटनस्थि नेपाली दूतावासमा सैनिक सहचारी थिए । खड्काले हायरकमाण्ड कोर्समा समेत प्रथम स्थान हासिंल गरेका थिए ।

त्यसैगरी सुरेश कुमार बानिया,प्रदिपजंग केसी,निरज पौडेल, पंकज कार्की, प्रयोग राणा, योगराज शर्मा,राम राणा,लव कुमार रायमाझी, अर्जुन श्रेष्ठ पनि सहायकरथीमा बढुवा सिफारीस भएका छन् । बढुवा हुने सबै २६ बेसिकका सैनिक अधिकृत हुन् ।

प्राविधिक सहायकरथीमा डा.राजिवराज शाही,डा.उदय बज्र बज्राचार्य र प्राविधिक महासेनानीमा डा.नम्रता महरा बढुवा सिफारीस भएकी छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement