कोरोना नियन्त्रणमा जिम्मेवार बन्न प्रधानमन्त्रीलाई एमाले नेताहरूको आग्रह

कोरोना नियन्त्रणमा जिम्मेवार बन्न प्रधानमन्त्रीलाई एमाले नेताहरूको आग्रह


काठमाण्डु – नेकपा एमालेले कोरोना नियन्त्रणकालागि जिम्मेवार बन्न प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएको छ ।  एमाले नेताहरू सुवास नेम्वाङ, योगेश भट्टराईलगायतले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमै गएर सरकारको ध्यानाकर्षण गराएका हुन् । कोरोनाको ओमिक्रोन भेरियन्टबाट नागरिक आतंकित भइरहेका बेला सरकारले संक्रमण रोकथाम तथा नियन्त्रणका लागि कुनै उल्लेख्य पहल नगरेको एमालेको आरोप छ ।

वालुवाटार पुगेका नेताहरूले आफ्नो पालामा भएका कामहरूलाई बुँदागत रूपमा स्मरण गराएका थिए । ध्यानाकर्षण गराउन पुगेका एमाले सचिव योगश भट्टराईले विगतमा केपी शर्मा ओली नेतृत्वको सरकारले कोरोना नियन्त्रणका लागि गरेको प्रयासबाट अहिलेको सरकारले सिक्नुपर्ने बताएका थिए ।

उनले भने ‘कोरोना नियन्त्रण तथा रोकथामका लागि सरकारले चालेका कदम प्रभावकारी भएनन्, भण्डारणमा भएका खोप पनि नागरिकले लगाउन पाएका छैनन्, यसले स्थितिलाई झन् जोखिम निम्त्याउछ ’ उनले कोरोना नियन्त्रणकालागि सरकारलाई एमालेले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। एमाले नेता सुवास नेम्वाङले ध्यानाकर्षणपत्र प्रधानमन्त्री देउवालाई बुझाएका हुन् । ध्यानाकर्षणपत्र ग्रहण गर्दै प्रधानमन्त्री देउवाले सरकार नागरिकको स्वास्थ्यप्रति गम्भीर रहेको बताएका छन्।