एमाले बाराको अध्यक्षमा साह निर्वाचित

एमाले बाराको अध्यक्षमा साह निर्वाचित


काठमाण्डु – नेकपा एमाले बाराको अध्यक्षमा विनोद साह निर्वाचित भएका छन् । नेकपा एमालेको कलैयामा सम्पन्न १० औं जिल्ला अधिवेशनबाट निवर्तमान उपाध्यक्ष साह जिल्ला अध्यक्षमा निर्वाचित भएका हुन् ।

स्रोतका अनुसार साहको अध्यक्षतामा १३५ सदस्यीय जिल्ला कमिटी घोषणा गरिएको छ । कमिटीको उपाध्यक्षमा टिना सुवेदी, सचिवमा अध्यानन्द पाण्डे, सहसचिवमा अमृत शर्मा र भुलन चौधरी चयन भएका छन् ।