काठमाण्डु- प्रदेश २ सभाको बैठक आइतबार बस्दैछ । आज बस्ने बैठकमा सभामुख सरोजकुमार यादवको संयोजकत्वमा गठित नाम र राजधानी अध्ययन विशेष समितिले आफ्नो प्रतिवेदन प्रस्तुत गर्ने कार्यतालिका रहेको स्रोतले जनाएको छ । स्रोतका अनुसार बैठकमा प्रतिवेदन प्रस्तुत भएपछि उक्त विषयमा छलफल हुनेछ ।
प्रदेशको नाम र राजधानी दलीय सहमतिको आधारमा तय गर्न १३ पुसमा बसेको प्रदेश सभा बैठकले संसदीय अध्ययन विशेष समिति गठन गरेको थियो ।प्रदेशको नामाकरणका लागि चार वटा प्रस्ताव दर्ता भएको छ ।
सत्तारुढ जसपा र माओवादी तथा विपक्षी दल लोसपाले मधेश प्रस्ताव गर्दा कांग्रेसले मिथिला भोजपुरा प्रस्ताव गरेको छ । नेकपा एमाले र नेकपा (एकीकृत समाजवादी)ले जानकी नाम प्रस्ताव गर्दा कांग्रेसकै सांसद राजेश्वर साहले मध्य मधेश प्रस्ताव दर्ता गराएका छन् ।




प्रतिक्रिया