काठमाण्डु- प्रतिनिधि सभाको बैठक माघ १६ गतेसम्मका लागि स्थगित भएको छ । यसअघि सोमबार दिउँसो १ बजे बस्ने गरी बैठक तोकिएको थियो ।
तर, कोरोनाको बढ्दो संक्रमणका कारण बैठक बस्न नसकिएपछि बैठक सारिएको संसद सचिवालयले जनाएको छ । प्रतिनिधि सभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम सभामुख अग्नी प्रसाद सापकोटाले माघ १६ गते दिउँसो १ बजे बस्नेगरी बैठक निर्धारण गरेको संघीय संसदका महासचिव डा. भरतराज गौतमले जारी गरेको सूचनामा उल्लेख छ ।





प्रतिक्रिया