सुर्खेत – नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशले चार मन्त्रालयमा आफ्नो दावी नछाड्ने निर्णय गरेको छ । मंगलबार बसेको माओवादी संंसदीय दलको बैठकले सबैभन्दा ठूलो दल भएको नाताले चार मन्त्रालयमा दावी नछाड्ने निर्णय गरेको हो ।
कर्णालीमा माओवादी सबैभन्दा ठूलो दल भएकाले तीन महिनाअघि नै गरेको निर्णय अनुसार अघि बढ्ने निर्णय भएको कर्णाली माओवादीका प्रमुख सचेतक ठम्मर विष्टले जानकारी दिए । उनले चार मन्त्रालयको दाबीमा काँग्रेस र नेकपा एकीकृत समाजवादीले उपयुक्त कारणसहित आफुहरुलाई कन्भिन्स गरेको खण्डमा तीन मन्त्रालयमा पनि सहमति गर्न सकिने बताए ।
प्रमुख सचेतक विष्टले सरकारमा भागबण्डाको विवादबारे सहमति गर्न संसदीय दलका नेता महेन्द्रबहादुर शाहीलाई जिम्मा दिइएको बताए । उनले चार मन्त्रालय आफूहरुले लिने भनेपनि कुनकुन मन्त्रालयमा दावी रहने भन्ने विषय टुंगो नलागेको बताए ।




प्रतिक्रिया