आज राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवा

आज राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री शेरबहादुर देउवाले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री देउवाले आज अपरान्ह ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने कार्यक्रम तय भएको प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री बनेपछि देउवाले ६ महिनाको अवधिमा पहिलोपटक सम्बोधन गर्न लागेका हुन् । देश कोरोना महामारीको चपेटामा परिरहेको तथा स्थानीय तथा संघीय निर्वाचन गर्नेबारे छलफल चलिरहेका बेला प्रधानमन्त्री देउवाले देशवासीका नाममा सम्बोधन गर्न लागेका हुन् ।