कांग्रेस १६ जिल्लाको अधिवेशन फेरि स्थगित

कांग्रेस १६ जिल्लाको अधिवेशन फेरि स्थगित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसले १६ जिल्लाको जिल्ला अधिवेशन पुनः स्थगित गरेको छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले यही माघ १५ गतेका लागि तय भएको अधिवेशन अनिश्चितकालका लागि स्थगित गरेको हो ।

निर्वाचन समितिले सूचना जारी गर्दै अवस्था सामान्य भएपछि पुन अर्को मिति तोक्ने बताएको छ । काँग्रेसको १४ औं महाधिवेशनअघि नै गर्नुपर्ने १६ जिल्लाको अधिवेशन अझै हुन सकेको छैन ।

सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, नवलपुर, बाँके, कैलाली र अछाममा अधिवेशन हुन बाँकी छ ।