काठमाण्डु – सत्ता गठबन्धन दलको बैठकले तीनै तहको निर्वाचन एकै पटक गर्ने विषय छलफल गरेको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धन उच्चस्तरीय राजनीतिक समन्वय समिति बैठकले निर्वाचन खर्च, नेपालको भूगोल लगायतका विषयलाई ध्यानमा राखेर नेताहरूका बीचमा छलफल भएको बताइएको हाे ।
बैठक पश्चात सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले संविधान र कानुनका विज्ञहरुसँग छलफल गर्ने निर्णय भएको जानकारी दिए । तीन पटकमा सम्पन्न भएका स्थानीय तहका निर्वाचन, संविधान र कानुन अनुसार तीनको समयावधि, एकैपटक निर्वाचन गर्दा बाझिने सक्ने कानुनी ब्यवस्था र त्यसको उपाय, संघ तथा प्रदेशको निर्वाचन आदिबारे गठबन्धनको तर्फबाट कानून विज्ञसँग परामर्श गर्ने निर्णय बैठकले गरेको उनले बताए ।
संविधान र ऐनमा स्थानीय निर्वाचनबारे फरक–फरक व्यवस्था भएको बताउँदै नेताहरूका बीचमा त्यसको व्यवस्थापनका विषयमा समेत छलफल भएको बताइएको छ ।




प्रतिक्रिया