एमालेको पत्रकार सम्मेलन स्थगित

एमालेको पत्रकार सम्मेलन स्थगित


काठमाण्डु – नेकपा एमालेको पत्रकार सम्मेलन स्थगित भएको छ । पछिल्लो समय फैलिएको कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमणको जोखिम उच्च हुँदै गएपछि एमालेको आज निर्धारित बैठक स्थगित गरिएको हो ।

एमाले उपमहासचिव प्रदीप ज्ञावलीले पछिल्लो समयमा देखिएको उच्च संक्रमणदर र स्वास्थ्य सुरक्षा मापदण्डलाई ध्यान दिँदै पत्रकार सम्मेलन स्थगति गएिको बताए । अध्यक्ष केपी शर्मा ओलीले प्रेस वक्तव्यमार्फत पार्टीको धारणा जनतामा लैजाने उनले बताए ।

प्रधानमन्त्रीको सम्बोधन तथा पछिल्लो राजनीतिक तथा आर्थिक संकटबारे पार्टीको दृष्टिकोण सार्वजनिक गर्न एमालेले पत्रकार सम्मेलन गर्न लागेको थियो ।