मताधिकारको प्रयोग गर्न राष्ट्रपति र प्रधानमन्त्रीको आह्वान

मताधिकारको प्रयोग गर्न राष्ट्रपति र प्रधानमन्त्रीको आह्वान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रपति विद्यादेवि भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार हुने प्रदेश र प्रतिनिधिसभा सदस्य चुनावमा मतदान गरी आफ्नो मताधिकारको प्रयोग गर्न सम्पूर्ण मतदातामा आह्वान गरेका छन्।

 

 

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाले बुधबार छुट्टाछुट्टै विज्ञप्ति जारी गरी लामो संघर्षबाट निर्मित नेपालको संविधान जारी भएपछि पहिलो पटक हुन लागेको प्रतिनिधि र प्रदेशसभा चुनावमा मतदान गर्न गरेका हुन्।

 

राष्ट्रपतिको सन्देशमा भनिएको छ, ‘नेपालको संविधानले नेपाली जनताको लोकतान्त्रिक हक र अधिकारको पूर्ण प्रत्याभूति गर्नुका साथै २०७४ माघ ७ गते भित्र संघीय संरचना अन्तरगतका सबै तहका निर्वाचन सम्पन्न गर्नुपर्ने व्यवस्था गरेको छ।’

 

 

 

विज्ञप्तिमा उनले स्थानीय, प्रादेशिक र संघीय तहको निर्वाचन सम्पन्न भएसँगै मुलुकमा राजनीतिक संक्रमण अन्त्य भएर संविधान कार्यान्वयनले गति लिने र निर्वाचनपछि मुलुक राजनीति स्थायित्व र आर्थिक समृद्धिको नयाँ युगमा प्रवेश गर्ने विश्वास व्यक्त गरेका छन्।

 

यसैगरी, प्रम देउवाले सरकारले निर्वाचनमा सुरक्षाको पूर्ण प्रबन्ध मिलाएकाले ढुक्क भएर मतदानमा सहभागी हुन आममतदातालाई आह्वान गरेका छन्।

 

 

 

 

नेपालको संविधानअनुसार भोलि मंसिर २१ गते ४५ जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदैछ। यसअघि मंसिर १० गते उच्च पहाडी र हिमाली ३२ जिल्लामा पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न भइसकेको छ।