गठबन्धनको पक्षमा मतदान गर्न कांग्रेस नेताहरुको आग्रह

गठबन्धनको पक्षमा मतदान गर्न कांग्रेस नेताहरुको आग्रह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेस कर्णाली प्रदेशका तीन नेताले गठबन्धनका उम्मेदवारको पक्षमा मतदान गर्न आह्वान गरेका छन् ।उनीहरुले बुधबार हुन लागेको राष्ट्रिय सभा सदस्य निर्वाचनमा कांग्रेस सहित गठबन्धनका उम्मेदवारका पक्षमा मतदान गर्न आग्रह गरेका हुन् ।

नेपाली कांग्रेस दैलेखका निवर्तमान सभापति कृष्णकुमार विसी, जुम्ला कांग्रेसका महाधिवेशन प्रतिनिधि देवेन्द्रबहादुर शाही र नेता भुपेन्द्रजंग शाहीले एक विज्ञप्ति जारी गर्दै गठबन्धनका उम्मेदवारलाई मत दिन कर्णाली प्रदेश सभा, नगरपालिका, गाउँपालिकाका प्रतिनिधिहरुलाई आग्रह गरेका हुन् ।