काठमाडौं– सिद्धार्थ बैंकले नुवाकोटको बट्टार, दोलाखाको चरिकोट र बागलुङ्गको बागलुङ बजारमा शाखा विस्तार गरेको छ।
बैंकले थप तीन शाखासहित देशभरी ८० शाखा, ३ एक्स्टेन्सन काउन्टर, एक सय तीन एटिएम, ९९ शाखारहित बैंकिङ सेवा र छ सय भन्दा बढी पिओएस मेसिनमार्फत बैैकिङ सेवा प्रदान गर्दै आएको छ।
सिद्धार्थ बैंकले पछिल्लो समय सर्वसाधारणलाई लक्षित गरी आफ्ना कार्य गर्दै आएको छ।




प्रतिक्रिया