काठमाण्डु – राष्ट्रियसभा सदस्यका लागि आज सातै प्रदेशमा भएको निर्वाचन अन्तर्गत मतदान सकिएको छ । मधेश प्रदेश र बागमती प्रदेश बाहेक अन्य ५ प्रदेशमा शान्तिपूर्ण रुपमा मतदान सकिएको निर्वाचन आयोगले जनाएको छ ।
बागमतिमा एकजना सांसदले मतदानस्थलमै मतदान अधिकृतमाथि हातपातको प्रयास गरेका थिए भने मधेश प्रदेशमा जनमत पार्टीको प्रदर्शनले हिंसात्मक झडप समेत भएको थियो ।
अहिले सबै प्रदेशमा मतदान सकिएर मतगणना पनि सुरु भइसकेको छ । निर्वाचनको मतपरिणाम आज नै सार्वजनिक गर्ने आयोगको तयारी छ ।
कुन प्रदेशमा कति भोट खस्यो ?
प्रदेश १
प्रदेश सांसद : ९२ जना
खसेको मत : ९१ जना
नखसेकाे : १
स्थानीय प्रतिनिधि : २७२
खसेको मत : २७०
नखसेकाे – २
मधेश प्रदेश (जम्मा मतदाता ३७२ मध्ये ३६६ मत खस्यो)
प्रदेश सांसद : १०४ जना
खसेको मत : १०२ जना
स्थानीय प्रतिनिधि : २६८ जना
खसेको मत : २६४ जना
बागमती प्रदेश
प्रदेश सांसद : १०९ जना
खसेको मत : १०६ जना (३ जना विवेकशीलका सांसदहरुले मत हालेनन्)
स्थानीय प्रतिनिधि : २३७
खसेको मत : २३७
गण्डकी प्रदेश (जम्मा २२९ मतदातामा २२७ मत खस्यो)
प्रदेश सांसद : ५९ जना
खसेको मत : ५९
स्थानीय प्रतिनिधि : ८५ स्थानीय तहका १७० जना
खसेको मत : १६८ (
नखसेको : २
लुम्बिनी प्रदेश :
प्रदेश सांसद : ८१ जना
खसेको मत : ८१ जना
स्थानीय प्रतिनिधि : २१५ जना
खसेको मत : २१३ जना
कर्णाली प्रदेश
प्रदेश सांसद : ३५ जना
खसेको मत : ३४ जना (राप्रपा सांसद सोशीला शाहीले केन्द्रको निर्णयानुसार मत हालिनन्)
स्थानीय प्रतिनिधि : १५८ जना (तिलागुफा नगरपालिकाकी उपप्रमुख दन्ता नेपालीले मत हालिनन्)
खसेको मत : १५८ जना
सुदूरपश्चिम प्रदेश
प्रदेश सांसद : ५२ जना
खसेको मत : ५२ जना
स्थानीय प्रतिनिधि : १७६ जना
खसेको मत : १७६ जना




प्रतिक्रिया