कैलाली – राष्ट्रियसभा सदस्यमा सुदूरपश्चिमबाट जगत पार्की र गरिमा शाह विजयी भएका छन् । माओवादीका पार्की गठबन्धनबाट र एकीकृत समाजवादीकी शाह महिलातर्फबाट उम्मेदवार बनेका थिए । पार्कीले प्रदेशसभातर्फ १८७२ मतभार र स्थानीय तहतर्फ १८९० मतभार पाएर निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार नरेश विकले प्रदेशतर्फ ५७६ र स्थानीय तहतर्फ १२०६ मतभार प्राप्त गरेका छन् । त्यस्तै शाहले प्रदेशसभातर्फ १८७२ मतभार र स्थानीय तहतर्फ १९६२ मतभार पाएर निर्वाचित भएकी हुन् ।
उनकी नकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार सन्तोषकुमारी थापाले प्रदेशतर्फ ५७६ र स्थानीय तहतर्फ ११५२ मतभार प्राप्त गरेकी छन् ।




प्रतिक्रिया