सरकारको नेतृत्वबारे केन्द्रबाटै निर्णय हुन्छ : मुख्यमन्त्री केसी

सरकारको नेतृत्वबारे केन्द्रबाटै निर्णय हुन्छ : मुख्यमन्त्री केसी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रोल्पा – लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले केन्द्रको निर्णयअनुसार नै लुम्बिनी प्रदेशको गठबन्धन अगाडि बढ्ने बताएका छन् ।

सञ्चारकर्मीहरुसँग आज कुरा गर्दै मुख्यमन्त्री केसीले प्रदेश सरकारको नेतृत्वबारे केन्द्रबाटै निर्णय हुने स्पष्ट पारे । ‘केन्द्रमा गठबन्धन बन्नुअघि नै लुम्बिनीले त्यसको सुरुआत गरेको हो,’ उनले भने । गलतधारका विरुद्ध सही धार स्थापनाका लागि वाम लोकतान्त्रिक गठबन्धन बनेको उनको भनाइ थियो ।

नेपालमा गठबन्धन संस्कार निकै चुनौतीपूर्ण रहेको उल्लेख गर्दै उनले सचेततापूर्वक वर्तमान गठबन्धनलाई बचाउनुपर्नेमा जोड दिए । यसअघि सरकार बन्दा आलोपालोमा मुख्यमन्त्री बन्ने माओवादी र कांग्रेसबीच सहमति भएको थियो । सोही सहमतिअनुरुप कांग्रेसले लुम्बिनीमा नेतृत्व परिवर्तनका लागि आन्तरिक गृहकार्य समेत थालिसकेको छ ।

राष्ट्रियसभा निर्वाचनका लागि दाङ हुँदै गृहजिल्ला रोल्पा पुगेका मुख्यमन्त्री केसीले रोल्पा नगरपालिका–७ दारबोटमा निर्मित प्रहरी चौकी भवनको समेत उद्घाटन गरेका थिए ।