एमाले जनसंगठन समन्वय संयन्त्रको बैठक बस्दै, यस्ता छन् एजेण्डा

एमाले जनसंगठन समन्वय संयन्त्रको बैठक बस्दै, यस्ता छन् एजेण्डा


काठमाण्डु – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको जनसंगठन समन्वय संयन्त्रको बैठक आज दिउँसो बस्ने भएको छ । बैठक कोभिड रोकथामको सतर्कता अपनाएर भक्तपुरको जर्मन हस्पिटालिटी होम्समा दिउँसो ३ बजे बस्ने एमाले केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए ।

पूर्वस्वास्थ्यमन्त्रीसमेत रहेका भानुभक्त ढकाल नेतृत्वको संयन्त्रको बैठकमा बैठकमा दुई वटा एजेण्डामा छलफल हुने बताइएको छ । मसयमै स्थानिय निर्वाचन गर्न दबाव दिने र जनसंगठन सञ्चालन निर्देशिका पारित गर्ने एजेण्डा रहेको नेता रिजालले बताए ।

स्थानीय चुनाव समयमै गर्न आलटाल गरेको भन्दै नेकपा एमालेले सरकारलाई समयमै चुनाव गर्न दबाव दिने छ । ​सत्ता गठबन्धनमा निर्वाचन ऐन संशोधन गरेर आगामी कार्तिकमा पुर्याउने तयारी भइरहेका बेला वैशाखमै स्थानीय तहको निर्वाचन गर्नुपर्ने पक्षमा उभिएको एमालेले पार्टीका विभिन्न जनसंठनमार्फत दबावका कार्यक्रम अघि बढाउने भएको हो ।

चितवनमा सम्पन्न एमालेले १०औँ महाधिवेशनपछि जनसंगठन समन्वय संयन्त्र गठन भएको थियो । बैठकमा २२ वटै जनसंगठनका इन्चार्ज, सहइन्चार्ज र अध्यक्षहरू सहभागी हुनेछन् ।