एमसीसीबारे भीम रावलले प्रधानमन्त्री, सभामुखलगायत दलका नेतालाई लेखे स्मृति पत्र (पूर्णपाठ)

एमसीसीबारे भीम रावलले प्रधानमन्त्री, सभामुखलगायत दलका नेतालाई लेखे स्मृति पत्र (पूर्णपाठ)


काठमाण्डु – नेकपा एमालेका नेता भीम रावलले एमसीसी जस्ताको जस्तै पास गरे राष्ट्रघाती काम ठहरिने बताएका छन् ।  नेता रावलले सोमबार पत्रकार सम्मेलन आयोजना गरेर एमसीसी संसदमा अनुमोदनका लागि पेश भए विपक्षमा मत दिने बताएका हुन् । उनले प्रधानमन्त्री, सभामुख, दलका नेता र सांसदहरुलाई स्मृतिपत्र समेत लेखेका छन् ।

नेता रावलले प्रतिनिधिसभामा पेश भएपछि मात्र एमसीसीबारे आफूले थाहा पाएको दाबी गरे । ‘हामी संविधान निर्माण र शान्ति प्रक्रियाको काम टुंगो लगाउन व्यस्त थियौं, तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोप्य रुपमा एमसीसी सम्झौता गर्नुभएको हो,’ उनले भने, ‘वास्तवमा प्रतिनिधिसभामा पेश भएपछि मात्रै एमसीसीबारे मैले थाहा पाएको हुँ ।’

उनले वर्तमान सरकार संविधान र लोकतन्त्रका लागि गठन भएको भन्दै उक्त दायित्वलाई आत्मसात् गर्दै निर्वाचन गराउनु सरकारको जिम्मेवारी भएको तर्क गरेका छन् । ‘यस दायित्वलाई आत्मसात् गर्दै निर्वाचन गराउनु सरकारको जिम्मेवारी हो। यसबाहेक एमसीसीसँगको सम्झौता अनुमोदन गर्ने जनादेश र गठबन्धन सरकारको साझा सहमति सरकारलाई प्राप्त छैन ।’

पूर्णपाठ: