काठमाण्डु – नेकपा एमालेसम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियुले पुल्चोकस्थित मन्त्री निवासअगाडि प्रदर्शन गरेका छन् । चुनावको मिति घोषणा गर्न माग गर्दै अनेरास्ववियुका कार्यकर्ताले मंगलबार बिहान मन्त्री निवासअगाडि प्रदर्शन गरेका हुन् ।
सो क्रममा उनीहरुले सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई कालो झण्डा समेत देखाएका छन् । मन्त्री कार्की पुल्चोकस्थित क्वाटरबाट कार्यालय जाने क्रममा अनेरास्ववियुका कार्यकर्ताले कालो झण्डा देखाएका हुन् ।
उनीहरुले स्थानीय तहको चुनाव सार्ने प्रपन्च हुन लागेकोमा खवरदारी गरेका हुन् । कार्यकर्ताले ‘स्थानीय तहको निर्वाचन मिति तत्काल घोषणा गर’ भन्दै नाराबाजी समेत गरेका थिए । नेकपा एमालेले पनि निर्वाचन समयमै हुनुपर्ने बताइसकेको छ ।




प्रतिक्रिया