देउवाले बोलाए निर्वाचन आयोगका पदाधिकारी, चुनावको मितिबारे छलफल हुने

देउवाले बोलाए निर्वाचन आयोगका पदाधिकारी, चुनावको मितिबारे छलफल हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनको मितिबारे निर्वाचन आयोगसँग छलफल गर्ने भएका छन् ।  स्थानीय तहको निर्वाचनको मिति तोक्नको लागि छलफल गर्न देउवाले आयोगका पदाधिकारीलाई बालुवाटार बोलाएका हुन् ।

स्रोतका अनुसार आज दिउँसो ३ बजे छलफल हुनेछ । स्थानीय तहका पदाधिकारीहरुको म्याद जेठ ५ गते सकिँदैछ । त्यसअघि नै निर्वाचन गर्दा ऐन संशोधन गर्नु नपर्ने आयोगको भनाइ छ । आयोगले यसअघि वैशाख १४ र २२ मा निर्वाचन गर्न प्रस्ताव गरेको थियो ।