काठमाण्डु- कोरोना भाइरसविरुद्धको २४ लाख डोज खोप हराएको भन्दै स्वास्थ्य मन्त्री विरोध खतिवडाविरुद्ध अख्तियारमा उजुरी दर्ता भएको छ ।
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ, नेपालले स्वास्थ्यमन्त्री खतिवडा र खोप प्रकरणमा संलग्न कर्मचारीलगायत व्यक्तिउपर छानबिन तथा कारबाहीको माग गर्दै मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गरेको हो ।
मन्त्री खतिवडासहित मन्त्रालयका कर्मचारीको संलग्नतामा २४ लाख डोज खोप गायब पारेर राज्यकोषको करिब २ अर्ब ४० करोड रकम हिनामिना गरेको आरोप उजुरीमा लगाइएको छ ।





प्रतिक्रिया