एमाले केन्द्रीय प्रचार बिभागमा थपिए ९ सदस्य

एमाले केन्द्रीय प्रचार बिभागमा थपिए ९ सदस्य


काठमाण्डु –  नेकपा एमालेले केन्द्रीय प्रचार तथा प्रकाशन बिभागमा ९ सदस्य मनोनीत गरेको छ । भक्तपुरको कौशलटारस्थित जर्मन होम्समा बुधबार बसेको केन्द्रीय सचिवालय बैठकले प्रचार बिभागमा ९ जना सदस्य मनोनीत गरेको हो ।

थपिएका सदस्यहरूमा गगन विष्ट, प्रमोद दाहाल, गणेश बस्नेत, निर्मला शर्मा, उजिर मगर, टीका विष्ट, चेतन अधिकारी, महेश दास र रोशन खड्का रहेका छन् । यसअघि मङ्सिर अन्तिम साता बसेको केन्द्रीय समिति बैठकले प्रचार विभाग प्रमुखमा उपमहासचिव समेत रहेका पृथ्वी सुब्बा गुरुङ र उपप्रमुखमा केन्द्रीय सदस्य विष्णु रिजाललाई जिम्मेवारी दिएको थियो ।