मधेश प्रदेशमा जनमत पार्टीको अराजकता, टायर बालेर चक्काजाम

मधेश प्रदेशमा जनमत पार्टीको अराजकता, टायर बालेर चक्काजाम

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- सीके रावत नेतृत्वको जनमत पार्टीले बिहीबारदेखि पुनः राजमार्ग केन्द्रित आन्दोलन शुरू गरेको छ । किसान आन्दोलन भन्दै उक्त पार्टीले टायर बालेर मधेस प्रदेशको सप्तरी, सिरहा, धनुषा, महोत्तरीलगायतका राजमार्गमा चक्काजाम गरेको हो । जनमत पार्टीका कार्यकर्ताहरु राजमार्गमा बाँसका भाटा बोकेर बसेका छन् । सवारी आवागमनमा अवरोध गरेका छन् ।

जनमत पार्टीका कार्यकर्ताले राजमार्ग अवरुद्ध गरेलगत्तै पुग्ने प्रहरीले अवरोध हटाइरहेको मधेश प्रदेशका प्रहरी प्रवक्ता एसपी तुलबहादुर कार्कीले बताएका छन् । उनले अवरोध हटाउने क्रममा सिरहाबाट १० र धनुषाबाट १० जना गरी २० जना कार्यकर्तालाई पक्राउ गरिएको जानकारी दिएका छन् ।

जनमत पार्टीले किसानमाथिको दमन बन्द गर्नुपर्ने, किसान र आन्दोलनकारीमाथि लगाइएका झुटा मुद्दा फिर्ता गर्नुपर्ने, समयमा मलखाद र बीउविजनको व्यवस्था, सिँचाइको व्यवस्था, सिंचाइको बिजुली निःशुल्क, हावाहुरी र वर्षाले भएको बालीनाली क्षतिबापत तत्काल राहत, किसानको समस्या समाधानका लागि मन्त्रिस्तरीय वार्ता समिति गठन गर्नुपर्ने लगायतका माग राखेर आन्दोलन गर्दै आएको छ ।