काठमाण्डु – नेकपा एमालेले बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे पदीय मर्यादाविपरीत गालीगलौजमा उत्रिएको भन्दै आपत्ति जनाएको छ ।
एमाले संसदीय दलका प्रमुख सचेतक दीपक निरौलाले प्रेस विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री पाण्डे भ्रष्टाचारमा संलग्न भएको र प्रदेशसभामै गालिगलौजमा उत्रिएको भन्दै कडा प्रतिवादमा उत्रिने चेतावनी दिएका हुन् ।
मुख्यमन्त्री पाण्डेले अघिल्लो प्रदेश सरकारले लागू गरेका नीति कार्यक्रम तथा राष्ट्रिय गौरवका आयोजनाहरू कटौती गर्ने तथा रकमान्तर गरेर अन्धाधुन्द खर्च गरेको एमालेको आरोप छ ।
‘सरकारले मन्त्रालय फुटाएको छ तर कर्मचारी व्यवस्थापन गर्न सकेको छैन । जतातै अस्तव्यस्ता सिर्जना गरिएको छ,’ उनले विज्ञप्तिमा भनेका छन्, ‘सरकार प्रमुख सभा समारोहमा मेरो पार्टीएको कमिटी नबनेको वडामा एक रूपैयाँ पनि बजेट हाल्दिन भन्दै हिँडिरहनु भएको छ । संघीयता विरोधीहरुका लागि टाउको उठाउन र संघीयतालाई ध्वस्त पार्न यो भन्दा राम्रो अवसर के हुन सक्छ ?।’






प्रतिक्रिया